२४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुनू

काठमाडौं । नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका विभिन्न दर्जाका कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा नगए कारबाही गर्ने भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन दिएको हो ।रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको छ ।

‘नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रादेशले पदस्थापन र सरुवा भएका विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुलाई हाल ठेकिएको दरबन्दीमा रवाना गर्नु भनी यस कार्यालयबाट पटक-पटक ताकेता गर्दा समेत सम्बन्धित कार्यालयहरुले खाना गर्ने तर्फ कुनै चासो देखाएको नपाइएको हुँदा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।

सो सम्बन्धमा पदस्थापन सरुवा भएका प्रहरी कर्मचारीहरुलाई हाल ठेकिएको दरबन्दीमा कुनै किसिमको बिदा (प्रसूति/क्रिया बिदा बाहेक) नछाडी २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा खाना गर्न हुन र रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोध छ,’ पत्रमा उल्लख छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर