सिरहा। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले कृषि विद्युतको बक्यौता रकम रु १७ लाख विद्युत कार्यालय लहानमा बुझाएको छ। गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुर, उपाध्यक्ष अमरकला यादव र वडा नम्बर ४ का वडा अध्यक्ष विधानन्द साह सुडीको पहलमा यो रकम भुक्तानी गरिएको हो।

लामो समयदेखि कृषि विद्युतको बिल तिर्न नसकेका कारण किसानहरू मारमा परेका थिए। गाउँपालिकाले बक्यौता रकम तिरेपछि किसानहरूले राहत महसुस गरेका छन्।

यस कार्यले गाउँपालिकाको प्रशंसा भएको छ र स्थानीय जनताले गाउँपालिकाले राम्रो काम गरेको भन्दै खुशी व्यक्त गरेका छन्।

गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले किसानहरूको समस्या समाधान गर्न गाउँपालिका प्रतिबद्ध रहेको र आगामी दिनमा पनि यस्ता जनमुखी कार्यहरूलाई निरन्तरता दिने बताए।

उक्त निर्णयअनुसार, वडा नम्बर १ देखि ६ सम्मका सिँचाइ मिटरहरूको संपूर्ण बक्यौता महसुल पालिकाको तर्फबाट एकमुष्ट रूपमा विद्युत प्राधिकरणलाई बुझाइएको हो। उपाध्यक्ष अमरकला यादवले कृषि क्षेत्रको विकासका लागि गाउँपालिका सधैं तत्पर रहने बताइन्।

वडा नम्बर ४ का वडा अध्यक्ष विधानन्द साह सुडीले गाउँपालिकाको आर्थिक अवस्था सुधार गरी जनताको सेवामा लाग्न आफू कटिबद्ध रहेको बताए। यो कदमले लक्ष्मीपुर पतारी गाउँपालिकाका किसानहरूलाई ठूलो राहत मिलेको छ र यसले स्थानीय सरकारप्रति जनताको विश्वास अझ बढेको छ।

प्रतिक्रिया!!

सम्बन्धित खबर