वीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शाहको नागरिक अभिनन्दन गरिएको छ । शनिबार वीरगञ्ज महानगरपालिकाको लाल बंगलामा उनीहरुको नागरिक अभिनन्दन गरिएको हो ।

पूर्वराजा शाहलाइ अभिनन्दन गर्न वीरगञ्जमा देबेन्द्रलाल नेपालीको संयोजकत्वमा नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको थियो । माघ १३ गते शनिवारका दिन अभिनन्दन मुल समारोह समिति बनाएको थियो ।नागरिक अभिनन्दनपछि पूर्वराजा शाहले आफ्नो पुर्खौली राजदरबारबाट परित्याग गर्दा २०६५ जेठ २९ गते आमसंचार माध्यम मार्फत भनेको कुरा दोहोराए । ‘मैले भनेका थिए म नेपालमै बसि मुलुकको बृहत्तर हित र शान्तिको लागि योगदान पु’याउन चाहन्छु,’ उनले भने, ‘स्वभिमानी आम नेपालीको समग्र युथ फोर्स भन्नु मेरो कामना छ, ।’

मुलुकको वर्तमान अवस्था प्रति उनले असन्तुष्टि व्यक्त गरे । उनले वर्तमान युग प्रविधि र तीव्र विकासको युग भए पनि नेपाल र नेपालीले त्यो अनुभव गर्न नपाएको बताएका थिए ।

शाहले नेपालमा भएको स्रोत साधन र सामर्थ्यद्वारा युग अनुकूल परिवर्तन र विकास गर्न सम्भव भए पनि त्यो हुन नसक्नु मुलुक र जनताका लागि दुर्भाग्यको विषय भएको बताए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर