सिराहा । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विगत तीन वर्षदेखि चुपचाप बसेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अहिले गाउँपालिकामा भइरहेको चौतर्फी विकास देखेर अत्तालिएको छ ।

विकास, शिक्षा, स्वास्थ्य, विद्युतीकरण र कृषि क्षेत्रमा व्यापक सुधार भएपछि आगामी चुनावमा हारिने डरले एमालेले गाउँपालिकाविरुद्ध विभिन्न निराधार आरोप लगाउन थालेको छ ।

गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले प्रतिपक्षी एमालेका आरोपहरूमा कुनै सत्यता नभएको बताउनुभएको छ । उहाँले पूर्व गाउँपालिका अध्यक्ष रामबल्लभ साहको कार्यकालको विकास र आफ्नो कार्यकालको विकास तुलना गर्न आग्रह गर्दै भन्नुभयो, “पूर्व अध्यक्ष रामबल्लभ साहको पालाको विकास हेर्नुस् र हाम्रो पालाको विकास हेर्नुस् अनि भन्नुहोस् कसको पालामा राम्रो काम भएको छ ?”

पूर्व अध्यक्ष रामबल्लभ साहको पालाको विकास हेर्नुस्

अध्यक्ष चतुरानन्द ठाकुरको पालाको विकास हेर्नुस्

अध्यक्ष ठाकुरले आफ्नो नेतृत्वमा गाउँपालिकामा अभूतपूर्व विकास भएको दाबी गर्नुभयो । उहाँका अनुसार शिक्षाको गुणस्तर सुधार गर्न, स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन, गाउँपालिकाका हरेक घरमा विद्युतीकरण पुर्‍याउन र कृषि क्षेत्रको आधुनिकीकरणका लागि महत्वपूर्ण कामहरू भएका छन् ।

यसअघि, पूर्व अध्यक्ष रामबल्लभ साहको कार्यकालमा विकास निर्माणले गति लिन नसकेको भन्दै स्थानीय बासिन्दाले गुनासो गर्दै आएका थिए । तर, वर्तमान अध्यक्ष चतुरानन्द ठाकुरले पदभार ग्रहण गरेपछि गाउँपालिकामा विकासको लहर आएको स्थानीयको भनाइ छ ।

नेकपा (एमाले) ले भने गाउँपालिकामा भ्रष्टाचार बढेको र विकासका नाममा अनियमितता भइरहेको आरोप लगाएको छ । यद्यपि, एमालेले आफ्ना आरोपलाई पुष्टि गर्ने कुनै ठोस प्रमाण भने पेस गर्न सकेको छैन । आगामी चुनाव नजिकिँदै जाँदा लक्ष्मीपुर पतारी गाउँपालिकामा विकास र आरोप–प्रत्यारोपको राजनीतिले थप तीव्रता पाउने देखिएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर