काठमाडौं । नेपाली सेनाका सहायक रथी हिक्मत बिष्टलाई उपरथीमा बढुवा गरिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेनाको सिफारिसमा बिष्टलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

उपरथी चोकबहादुर ढकाल अनिवार्य अवकासमा गएपछि रिक्त भएको पदमा बिष्टको बढुवा गरिएको हो । ढकाल नेपाली सेनाको स्टाफ कलेजका प्रमुख थिए ।
बिहीबार सार्वजनिक गरिएको निर्णय अनुसार सेनाका ६ जना प्रमुख सेनानीहरूलाई महासेनानीमा बढुवा गरिएको छ। साथै, ६ जना महासेनानीहरूको सरुवा गरिएको छ।







