काठमाडौं। विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूको करिब ५ करोड रुपैयाँ ठगी गरेर अध्यक्षसहित सबै पदाधिकारीहरु फरार भएका छन् ।

काठमाडौं महानगरपालिका–१० न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
फरार हुनेहरुमा सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, सदस्य रोहित खड्का र सदस्य अनिता थापा छन् ।यसअघि पनि लामो समयसम्म फरार भएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो । २०८० माघमा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो ।







