काठमाडौँ । नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतलाई पितृ शोक परेको छ । उहाँका पिता पूर्णबहादुर बस्नेतको उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आज निधन भएको हो ।

लामो समयसम्म सैनिक सेवामै जीवन बिताउनुभएका ८९ वर्षीय बस्नेत केही समयदेखि मुटु रोगको उपचारमा हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । उहाँका दुई छोरी र दुई छोरा हुनुहुन्छ ।







