काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले देशमा भईरहेका बेथितीको अन्त्यका लागि आफूहरुले राजधानी केन्द्रीत आन्दोलन सुरु गर्न लागेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीबार जनप्रदर्शनको तयारीमा रहेका प्रसाईंले आफ्नो निवासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बिहीबारको प्रदर्शन शान्तिपूर्ण रहने बताउनुभयो ।

तर कुनै तत्वले प्रदर्शन बिथोल्न खोजे चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।युवासंघका कार्यकर्ताले महिलाहरु बसेको ठाउँमा गएर हातपात गर्न खोजेको भन्दै उहाँले बास बसेका महिलामाथि अत्याचार हुँदा समेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन बसेकोमा पनि आपत्ति जनाउनुभयोे ।

प्रतिक्रिया!!

सम्बन्धित खबर