काठमाडौं। भूकम्पका कारण क्षतिग्रस्त सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग रेट्रोफिटिङ गरिएको छ। क्षति भएको साढे ८ वर्षपछि रेट्रोफिटिङको काम सकिएको हो।
१२० वर्ष पुरानो भवनलाई मूल संरचना जस्ताको तस्तै राखेर रेट्रोफिटिङ गरिएको हो। सहरी विकासमन्त्री सीता गुरुङका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेट्रोफिटिङमा करिब ४२ करोड रुपैयाँ खर्च भएको छ।
रेट्रोफिटिङ गरिएको भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार नयाँ कार्यालयमा सरेका छन्। उनले नयाँ कार्यालयमा सरेपछि दिमाय अलि बढी फुर्ने बताए।
‘मलाई यसअघिको ठाउँमा अलि गुम्म लाग्नाका साथै त्यति ताजकी महसुस नभएजस्तो लाग्थ्यो,’ उनले भने, ‘यो ठाउँमा आउँदा चाहिँ अलिकति सबैतिर हेर्न पाइने भएको छ। यहाँ दिमाग अलि बढी फुर्छ भन्ने ठानेको छु।’