काठमाडौँ । दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीका अनुसार बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

अन्य व्यक्तिहरुको समेत खोजी भैरहेको प्रहरीले जनाएको छ । हिजाको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए ।

प्रसाईंले भाषण गरिरहँदा अब शहर पसेर आन्दोलन गर्ने भनेपछि भीड अनियन्त्रित भएर प्रहरीमाथि ढुंगामुढा गरेको थियो। त्यसक्रममा प्रहरीले अश्रुग्यास र रबरको गोली समेत चलाएको थियो।

प्रसाई समूहले आज भने तिनकुनेमा प्रदर्शन गर्ने भने पनि प्रशासनले भने अनुमति नदिइएकाले प्रदर्शन गरे कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर