लमजुङ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि पीडित पक्षले लमजुङ अस्पतालमा प्रदर्शन गरेका छन् ।पीडित पक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् ।पीडितको प्रदर्शनपछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको सेवा प्रभावित बनेको छ ।


लमजुङको मर्स्याङ्दी गाउँपालिका-९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारका क्रममा मृत्यु भएको हो ।अस्पतालमा नियमित जाँचमा रहेकी महिलालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो ।

पीडित परिवारका अनुसार मंगलबार दिउँसो शल्यक्रियामार्फत शिशु निकालिएको थियो ।सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार पौने ६ बजेतिर बेंसीसहरबाट चितवन मेडिकल कलेज लगिएको थियो ।

प्रतिक्रिया!!

सम्बन्धित खबर