बारा ।बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक-कर्मचारी र प्रहरीबीच झडप भएको छ। झडपलाई नियन्त्रमा लिन प्रहरीले अश्रुग्याससिहत हवाई फायरसमेत गरेको छ।
तलब नआएको विषयमा आन्दोलनरत शिक्षक-कर्मचारीले नगरपालिकाको कार्यालयमा ढुंगामुढा हुँदा स्थिति तनावग्रस्त बनेको थियो। नगरपालिकाको गाडी तोडफोड भवनमा ढुंगामुढा हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाइ फाएर गरिएको जिल्ला प्रहरी कार्यालयका बाराका प्रहरी निरीक्षक शोभन बिक्रम राणाले जानकारी दिए।
प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्। प्रहरीतर्फ भने १० जना घाइते भएका छन्। अहिले स्थिति सामान्य रहेको प्रहरी निरीक्षक राणाले बताए।