काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिन्चोकबाट अवैध हतियार र लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–९ का ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ का ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् ।

नलिन्चोक एरियामा अवैध हतियार तथा लागुऔषधको ओसार–पसार तथा कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट विशेष टोली खटिएको थियो ।

सिन्चुरी र कार्कीलाई शंका लागि सोधपुछ गर्ने क्रममा उनीहरुको साथबाट केएफ ७.६५ लेखिएको ५ राउन्ड गोली लोड भएको म्याग्जिन सहितको पेस्तोल थान–१, सोही पेस्तोलमा लाग्ने खाली म्याग्जिन थान–१ र लागुऔषध खैरौ हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई लागु औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर