काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपाली राजदूतमा धनबहादुर वलीलाई नियुक्त गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार उनलाई थाइल्यान्डको राजदूतमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वलीलाई थाइल्याण्ड अधिराज्यका लागि आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया!!

सम्बन्धित खबर