काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. ले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा परेको छ ।

गत शुक्रबार दायर भएको उक्त रिट आज लगातार नवौँ दिन सुनुवाइको लागि पेशीमा परेको हो । यसअघि उक्त रिट पेशीमा परे पनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।

सांसद सिंहले उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण,कम्पनी रजिष्ट्रारको कार्यालय,आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर शुक्रबार दर्ता गराएका थिए ।

यसअघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भइसकेको छ । एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भइसकेको छ । उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भइसकेको छ।

प्रतिक्रिया!!

सम्बन्धित खबर