काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ ।

पार्टी उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख तथा वरिष्ठ अर्थविद् समेत हुन् ।

वाग्लेको नेतृत्वमा कार्यदल गठन गरिएको सहमहामन्त्री रमेश प्रसाईले जानकारी दिएका छन् । चितवन–२ मा आयोजित सार्वजनिक सुनुवाईमा सहप्रवक्ता प्रसाईले सहकारी र लघुवित्त पिडितका समस्या र समाधानका उपाय सुझाउने गरि कार्यदल गठन गरिएको जानकारी गराएका छन् ।

विषय विज्ञहरुसँग छलफल प्रारम्भ भइसकेको कार्यदलले जनाएको छ । कार्यदलले संसद बैठक सुरु हुन अघि नै प्रतिवेदन तयार गर्नेछ । अर्थ नीति विभागले तयार गरेको प्रतिवेदनका आधारमा संसदमा पिडितका पक्षमा विचार राख्ने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर