काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अब नेपालको राष्ट्रिय टोलीबाट खेल्न नपाउने भएका छन् । जिल्ला अदालत काठमाडौंले शुक्रबार सन्दीपलाई एक युवतीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गरेसँगै उनले नेपाली टोलीबाट खेल्न नपाउने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

‘सन्दीप अब नेपालको टोलीमा हुँदैनन् । अर्को कुनै आदेश नहुँदासम्म उनी नेपाली टोलीमा हुने छैनन् । यदि अर्को आदेशबाट सफाइ पाएको खण्डमा उनी नेपाली टोलीमा हुनेछन् । अन्यथा उनले नेपालको जर्सीबाट खेल्न पाउँने छैनन्,’ क्यानका अध्यक्ष चन्दले भने ।

‘राष्ट्रिय जर्सीमा खेलाउन अब मिलेन । उनले अरु कुरा पाउँछन् । अभ्यास पनि गर्न पाउँछन् । यो हामीसँग सम्बन्धी मुद्दा पनि होइन , उनले थपे,’ यदि म्याच फिक्सिङ वा स्पट भएको भए कुनैपनि प्रतियोगिता खेल्न पाउने थिएन । अरु खेल्ने वा नखेल्ने उसको कुरा हो । तर नेपालको जर्सीबाट पाउँदैनन् ।’

२३ वर्षीय सन्दीप नेपालका प्रमुख स्पिनर हुन् । उनले नेपालबाट ५१ ओडिआईमा १ सय १२ विकेट लिएका छन् । उनी ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट पूरा गर्ने बलर हुन् । उनले अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तमान तोडेका थिए । त्यस्तै उनले नेपालबाट ५२ टि२० आई खेलमा ९८ विकेट लिएका छन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर