काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।

उच्च अदालतमा रिक्त ४० जना न्यायाधीशमध्ये ३९ पदमा पदपूर्ति गरिएको हो । नियुक्त गरिएका न्यायाधीशहरुमा २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायी रहेका छन् ।

त्यस्तै बुधबार बसेको न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर