काठमाडौं । शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रोल्पाको कार्यालय भवन एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । कार्यालय भवनको उद्धघाटन शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गर्नु भएको शसस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाले जानकारी दिए ।
उद्धघाटन कार्यक्रममा बोल्दै शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले रोल्पा सँग आफ्नो फरक माया सम्बन्धको सामित्यता रहेको बताउनु भएको छ । आफ्नो जागिरको पहिलो कार्यक्षेत्र रोल्पा रहेको अनुभब सुनाउदै महानिरीक्षक अर्यालले यस कारण पनि आफ्नो लागी बिशेष जिल्लाको रुपमा रहेको समेत बताउनु भएको छ ।
आम नागरिकको जिबन यापनलाई सहज र सरल बनाउनको लागी प्रहरीको महत्वपुर्ण भुमिका रहने कुरा बताउदै महानिरीक्षक अर्यालले त्यसकालागी बफादार र कटिबद्ध भएर व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर काम गर्नका लागी मातहतका सुरक्षा निकायलाई निर्देशन दिनु भएकोे छ ।
रोल्पामा अहिले पनि सुरक्षालाई आवश्य पर्ने प्राप्त मात्रा स्रोत साधनको अभाव भएको कुरा स्विकारदै त्यसका लागी आफुले रोल्पाको सुरक्षा क्षेत्रको विकासको लागी गम्भिर भएर लाग्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
रोल्पाका रहेको शसस्त्र प्रहरी बलको आश्रित गुल्मलाई स्थायी बनाउनको लागी स्थानिय रोल्पा बासिहरुको मागअनुसार आफु पनि लाग्ने बताउनु भएको छ ।
सुरक्षाको राम्रो बिकास बिना अन्य विकास सम्भब नभएको भन्दै शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले त्यसका लागी सबै स्थानिय र रोल्पाबासि सबै मिलेर सुरक्षाको क्षेत्रमा केहि लगानी गर्न समेत आग्रह गर्नु भएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि लुम्बिनी प्रदेश सरकारका मुख्य सचिव राधिका अर्यालले देश र जनताको शान्ति सुरक्षाको लागी शसस्त्र प्रहरीले खेलेको भुमिका अहिले सम्म महत्वपुर्ण रहेको बताउनु भएको छ ।
त्यस्तै कार्यक्रमका अर्का बिशिष्ट अतिथि रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिले स्थानिय सरकारको तर्फ बाट आफुहरुले सुरक्षाको बिकासको लागी सकेको सहयोग गरि रहेको बताउनु भएको छ । मेयर घर्तिले भोलिको दिनमा पनि स्थानिय सरकारले शसस्त्र प्रहरीको बिकासको लागी कुनै सहयोग आवश्य परेमा सक्दो सहयोग गर्ने समेत बताउनु भएकोे छ । प्रहरी महानिरीक्षक राजु अर्याललाई रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिले स्थायी रुपमा रहेको आश्रित गुल्मलाई स्थायी बनाउनको लागी पहल गरिदिन पनि आग्रह गर्नु भएकोे छ ।
सोही कार्यक्रममा बोल्दै कार्यक्रमका बोल्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पामा शसस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाको कार्यालय भवन उद्धघाटन हुनु आफैमा खुशिको कुरा भए पनि अझै भौतिक संरचनाको धेरै कुरा पुरा गर्न बार्कि रहेको बताउनु भएको छ । बाकि निमार्ण हुनु पर्ने संरचना पुरा गर्नको लागी र अस्थायी रुपमा रहेको शसस्त्र प्रहरी बल आश्रित गुल्मलाई स्थायी गुल्ममा लैजान पहल गरिदिनको लागी समेत शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आग्रह गर्नु भएको छ ।
भबन २ करोड ४० लाख २७ हजार ३ सय ५८ रुपैयाको कुल लागतमा मिती २०७८ साल माघ ७ गते नाटी कन्टक्सन निमार्ण कम्पनी ललितपुर सँग सम्झौता भैई निमार्ण कार्य सुरु भएको थियो । निमार्ण कम्पनिले मिती २०७९ साल असार ३० गते निमार्ण कार्य सम्पन्न गरि हस्तान्तरण गरेको थियो ।
कार्यक्रमकै अबसरमा शसस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाको भवन निमार्णको लागी निशुल्क रुपमा जग्गा दान गर्ने रोल्पा नगरपालिका वडा न. २ रेउघा निवासी भुपनारायण श्रेष्ठ, भक्त बहादुर श्रेष्ठ र देउकुमारी पुनलाई प्रसंसा पत्रद्धारा सम्मान समेत गरिएको छ । जग्गादाता तिनै जनाले निशुल्क रुपमा शसस्त्र प्रहरीलाई ५ सय १० बर्ग मिटरका दरले कुल १५ सय ३० बर्ग मिटर जग्गा दान गरेका छन् ।
त्यस्तै भनब निमार्णका लागी आर्थिक सहयोग गर्ने रोल्पा नगरपालिका र सहरी विकास भवन डिभिजन कार्यालय रोल्पालाई पनि प्रसंसा पत्रद्धारा सम्मान गरिएको छ । सोही कार्यक्रमकै अबसरमा अम्मर शसस्त्र प्रहरी बरिष्ठ हवल्डार शेर बहादुर महाराको श्रीमति सरिता महरालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
सोहि कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु प्रहरी बरिष्ठ हवल्डार चक्र बहादुर भण्डारी, साहेक प्रहरी हवल्डार भिम बहादुर डिसी, साहेक प्रहरी हवल्डार होम बहादुर खड्का, साहेक प्रहरी हवल्डार मछिन्द्र थापा र शसस्त्र प्रहरी परिचर भुपेन्द्र बहादुर थापालाई समेत प्रसंसा पत्रद्धारा सम्मान गरिएको थियो ।
उद्धघाटन कार्यक्रममा रोल्पा जिल्ला स्थित बिभिन्न स्थानिय सरकारका प्रमुख प्रतिनिधी, राजनैतिक दलका प्रमुख प्रतिनिधी, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, पत्रकार लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागी सम्पुर्णलाई शसस्त्र प्रहरी बलका बाहिनीपती अबि कुमार खत्रीले धन्यवाद दिनु भएको थियो ।
शसस्त्र प्रहरी बल आश्रीत गुल्म रोल्पाका गुल्मपती बिष्णुदत्त अवस्थिको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमका सञ्चालन शसस्त्र प्रहरी बल आश्रीत गुल्म रोल्पाका शसस्त्र प्रहरी निरीक्षक पुष्पराज शर्माले गर्नु भएको थियो ।