काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गत १८ मंसीरमा निर्णय सुनाउने भनेपनि मिति सरेर आजका लागि तोकिएको हो । उक्त मुद्दामा आज निर्णय सुनाउने भनी पेशी तोकिएको छ । द्वन्द्वकालीन मुद्दावारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिसं २०७३ जेठमा विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारवाही गरिपाँउ भनी निवेदन दिएका थिए । लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो ।

उनीमाथिको आरोप ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्तावसहित उनलाई माफी माग्ने अवसर दिन सक्नेछ । आरोप पुष्टि नभए निवेदन खारेज हुन्छ । बिसं २०७३ वैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर