सिरहा । सिरहा कारागारमा एक कैदीबन्दी उपर मरनासन्न कुटपिट भएको छ । जेल सजाय काटिरहेका सुनिल कुमार यादवसहित २० जनाबढी माथि गत बुधबार कुटपिट भएको हो ।

जसमध्ये सुनिल सबैभन्दा बढी गम्भीर छन् । उनलाई २५ वटा टाका लागेको छ । हाल उनको बिराटनगरमा उपचार भइरहेको छ । अन्य २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेलाई भने घटनाको ढाकछोप गर्न कारागारले भित्रै राखेको छ ।

हरेक वर्ष जाडोको बेला सरकारले कैदीहरूलाई सिरकका लागि ३५ सय उपलब्ध गराउने गर्छ भने हरेक महिना २४ सय दिने गर्छ । सिरक पनि नपाएको र हरेक महिना पाउने रकममा पनि अनियमितता भएको भन्दै आफूहरूले आवाज उठाउँदा कुटपिट भएको घाइतेहरूले बताएका छन् ।

चौकिदार कैलाश ठाकुर, विजय महतोलगायतले कारागारभित्र अनियमितता गरेको र आवाज उठाउँदा कुटपिट गरेको उनीहरूको आरोप छ ।

यस घटनाको विषयमा छानबिन र अनुसन्धान भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर