काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूहले छट्टै भेला बोलाएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनबारे सभापति शेरबहादुर देउवाले उम्मेद्वार टुँगो लगाउने विषयमा खासै छलफल नगरेको र एकलौटी गरेको भन्दै शेखर कोइराला र गगन थापाल रुष्ट बनेका हुन् ।

उनीहरुले अहिले छुट्टै भेला बोलाएका छन् । राष्ट्रियसभामा कांग्रेसले १० सिट पाएको छ । गठबन्धनमा भएको सिटको भागबण्डाअनुसार कांग्रेसले १० सिट पाएको हो ।

तर, देउवाले शेखर–गगन पक्षलाई भने तीन सिटमात्रै दिने भनेपछि उनीहरु बिच्किएका हुन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर