सप्तरी । सप्तरीको बोदेबरसाइन नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएकाे हाे । तेस्रो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि श्री हिया सुरैत जलेवी माध्यामिक विद्यालय सारस्वरले जितेको छ ।

प्रतियोगितमा १४ स्वर्ण, ५ रजत,५ काश्य पदक जितेकाे श्री हिया सुरैत जलेवी माध्यमिक विद्यालय सारस्वर प्रथम भएको हाे । यस्तै ८ स्वर्ण , ११ रजत, ३ काश्य पदक जित्दै श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालय मानराजा द्धीतीय स्थान हासिल गरेको छ । भने ५ स्वर्ण, १० रजत, ७ काश्य पदकसहित श्री चन्द्रा नमुना माध्यमिक विद्यालय बोदे बर्साईनले तृतीय स्थान प्राप्त गरेको छ । प्रतियोगितामा पालिका भित्रका सामुदायिक विद्यालयबाट छनौट भएका खेलाडीहरूले सहभागिता जनाएको थियो ।

विजेता विद्यालय र खेलाडीहरुलाई कप, मेडल शिक्षा युवा खेलकुद विकास शाखा बोदे बर्साईनले प्रदान गरेको छ । चार दिनसम्म चलेको उक्त प्रतियोगीतामा बोदे बर्साईन नगरपालिका ३१ वटा सामुदायिक विद्यालयबाट ४ सय ४० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर-७ स्थित श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालय मानराजाको खेलमैदानमा जारी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको समापन समारोहमा बोल्दै राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवले मानव विकास सूचांकमा मधेश प्रदेश पछि परेकोले सो अवस्थामा सुधार ल्याउन शिक्षा, स्वास्थ्यमा स्थानीयतहरुले लगानी बढाउनु पर्ने बताए । ‘सडक पूर्वाधार संरचना मात्रै विकास हो भनी शिक्षा, स्वास्थ्य क्षेत्र छायामा परेको बताउदैँ यस तर्फ लगानी बढाउनु पर्ने बताए ।’ साथै प्रत्येक माध्यमिक तहका विद्यालयमा छुट्टै खेलकुद शिक्षकको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह यादवले भने यस क्षेत्रका सामुदायिक विद्यालयमा रहेका समस्या सामाधान गराउन आफू पहलमा लागेको विद्यालय अनुगमनलाई पनि निरन्तरता दिएको बताए । यस्ता प्रतियोगिताहरु निरन्तरता पाउनु पर्नेमा जोड दिए ।

बोदे बर्साईन नगरपालिकाका कार्यवाहक नगरप्रमुख रेणु साहले पालिकाले विद्यालयका छात्र, छात्राहरूलाई लक्षित गरि पढाइ संगै अतिरिक्त क्रियाकलाप आयोजना गरि आन्तरिक प्रतिस्पर्धा गराई रहेकाे बताइन् । जसलेगर्दा विद्यार्थी भित्र रहेका अन्तरनिहित क्षमता प्रस्फुटित हुने उनले बताइन् । शिक्षा शाखाको हरेक रचनात्मक कार्यमा आफै सहभागी भई रहेको सामुदायिक विद्यालयको अध्ययन गर्ने बालवालिको गुणस्तरीय शिक्षा पाउने मौलिक हक प्रति संवेदनशील भएर कार्य गरिरहेको उनले बताइन् ।

बोदे बर्साईन नगरपालिका नगर शिक्षा अधिकृत रामसागर यादवले यहाँका खेलाडी जिल्ला, प्रदेश हुदैँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको ओल्मपीक खेलमा सहभागी गराउने लक्ष्य राखी शाखाले कार्य निरन्तर गरि रहेकोले सबै पक्षबाट सहयोग पाउने विश्वास ब्यक्त गरे ।

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को खेलमा भलिवल,कबड्डी, एक्लेटिक्स : दौड छात्र १०० मि, २०० मि, ४०० मि, ८०० मि ,१५०० मि, ३००० मि, ४१०० मि रिले, ४४०० मि रिले यस्तै छात्रातर्फ १०० मि, २०० मि, ४०० मि,८०० मि,१५०० मि,३००० मि, ४४१०० मि रिले खेल समावेश रहेका थियो । उफ्रने र फ्याक्ने (फिल्ड) तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड । छात्रातर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम र सटफुट पाउन्ड लगायतका खेलहरु समावेश भएको खलकुदका सदस्य सचिव मावि मानराजाका प्राधनाध्यापक हेम किशोर यादवले जनाए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष दिनेश भुजेल, वडा नम्बर-३ का वडाध्यक्ष शिव नारायण यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिगम्बर यादव, विद्यालय, शिक्षक अभिभावक संघ अध्यक्ष अजय कुममार यादव, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. सूर्य नारायण यादव लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया!!

सम्बन्धित खबर