काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा स्टार अस्पताल लिमिटेड सानेपा हाईट ललितपुको प्राविधिक सहयोग र नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं.१ नक्सालको ब्यबस्थापनमा आज बिहान १०:०० बजे देखि १६:०० बजे सम्म नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको प्राङ्गण (खेलकुद मैदान) मा नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई लक्षित गरि बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख प्रमुख अतिथी रहेको उक्त निःशुल्क स्वस्थ्य शिविरमा संघकी महासचिव श्रीमती अनुश्री पाख्रीन, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल, प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारी, सदस्य श्रीमती प्रेक्ष्यमा गोंगल, श्रीमती संगिता लम्साल, श्रीमती अनिता ढकाल पौडेल र राधा खतिवडा पोखरेलको उपस्थितीमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा महिला प्रहरी कर्मचारी ८३ जना र पुरुष प्रहरी कर्मचारी ५९४ गरि जम्मा ६७७ जना प्रहरी कर्मचारीहरुले स्वास्थ्य परिक्षण गराई सेवा लिएका थियो ।

“मानव सेवा नै सर्वोत्तम धर्म” मानेर बिभिन्न स्थान तथा समुदायमा परोपकारी कार्यहरु संचालन गर्दै आएको यस नेपाल प्रहरी श्रीमती संघले आज नेपाल प्रहरीमा नै कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा गर्ने भावले उक्त स्थानमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी, र हाडजोर्नी सम्बन्धी लगायत अन्य बिभिन्न रोगहरुको चेकजाँच गर्नुका साथै निःशुल्क औषधी समेत बितरण गरेको थियो । निःशुल्क उपचारमा संलग्न स्टार अस्पतालका स्वास्थ्यकर्मीहरुलाई संघकी अध्यक्षज्यूद्वारा प्रशंसा-पत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर लगायत नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यरत तथा उपत्यका स्थित अन्य प्रहरी कार्यालयमा कार्यरत प्र.अ.म.नि., प्र.ना.म.नि., प्र.ब.उ. लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया!!

सम्बन्धित खबर