एजेन्सी । जापानको ‘मून स्नाइपर’आज चन्द्रमामा अवतरण गर्दैछ। जापानको स्पेस एजेन्सीका अनुसार ‘मून स्नाइपर’ अन्तरिक्ष यान स्लिम मिशन अन्तर्गत आज चन्द्रमामा ल्यान्डिङ्ग गर्न लागेको हो।

यदि जापान यसमा सफल भयो भने चन्द्रमामा जाने अवतरण गर्ने पाँचौ देश बन्ने छ।

समाचार संस्था सीएनएनका अनुसार चन्द्रमामा अवतरण पछि जापानले आफ्नो अत्याधुनिक प्रविधि प्रदर्शन गर्नेछ।

हालसम्म चन्द्रमामा अमेरिका, रूस, चीन र भारत पुगेका छन्। भारतको चन्द्रयान–३ मिशनको विक्रम ल्यान्डर गत वर्ष सन् २०२३ मा सफलतापूर्वक अवतरण गरेको थियो। त्यसको लगतै जापानले ७ सेप्टेम्बरमा आफ्नो मिशन लञ्च गरेको थियो।

जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सीको स्मार्ट ल्यान्डर फर इन्वेस्टिगेटिङ्ग मुन स्थानीय समय अनुसार शनिवार बिहान १२ः २० बजे (नेपाली समय अनुसार शुक्रवार साँझ ९ः३५ मा चन्द्रमामा अवतरण गर्ने प्रयास गर्नेछ।

प्रतिक्रिया!!

सम्बन्धित खबर