काठमाडौं । सामसङ नेपालले आज ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यलेसी एस२४ को प्रि अर्डर खुलेको घोषणा गरेको छ । ग्यालेक्सी ए.आई को साथमा मोबाइलको नयाँ अनुभवहरु उपलब्ध गराउने सामसङ नेपाल बताएको छ ।

ए. आई ले ग्यालेक्सी एस२४ सिरिजको हरेक अनुभवलाई अझै राम्रो र सहज बनाउने बताइएको छ । इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रांस्लेशनको साथ रुकावट बिनाको कुराकानी देखि ग्यालेक्सीको प्रोभिजुअल इन्जिनको साथ आफ्नो सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बढाउनसक्ने सम्भावना र कुनै पनि प्रकारको जिज्ञाशाहरु सर्च गर्ने अथवा पत्ता लगाउने तरिकासमेत परिवर्त गर्दै नयाँ स्टान्डर्ड सेट गरेको छ ।

“ग्यालेक्सी एस२४ले संसारसँगको हाम्रो सम्बन्धलाई परिवर्तन गर्छ र मोबाइलको आविष्कारको आउंदो दशकलाई प्रज्वलित गर्छ,“ सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी ए आइ हाम्रो नवप्रवर्तन सम्पदा र मानिसहरूले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने गहिरो बुझाइबाट निर्माण गरिएको छ। हामी विश्वभरका हाम्रा प्रयोगकर्ताहरूले कसरी नयाँ सम्भावनाहरू खोल्न ग्यालेक्सी ए आइ मार्फत आफ्नो दैनिक जीवनलाई सशक्त बनाउँछन् भनेर हेर्न उत्साहित छौं।”

प्रतिक्रिया!!

सम्बन्धित खबर