काठमाडाैं । सत्ता गठबन्धन दलहरूकाे राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा प्रतिनिधि पठाउने निर्णय गरेको छ । समितिका संयोजक एवं नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा शनिवार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा समितिबाट प्रतिनिधि पठाउने निर्णय भएको समिति सचिव केशवराज जोशीले जानकारी दिए । उनका अनुसार सातै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे आजको बैठकमा छलफल भएको थियो ।

सत्ता पक्षीय गठबन्धन राजनीतिक दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय समन्वय समिति गठन गरेका थिए । लेखक संयोजक रहेको समितिमा माओवादी केन्द्रका वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र जनता समाजवादी पार्टीका मनीष सुमन सदस्य छन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर