वीरगञ्ज । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा सशस्त्र प्रहरी पर्साले मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साद्वारा गणको प्रांगणमा जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल, नेपाल नं।ज्ञघ गण हे।क्वा।पर्सा बिच मैत्रीपूर्ण भलिबल खेल प्रतियोगिता सम्पन्न भएको हो।
बेस्ट अफ फाइभको आधारमा सञ्चालन गरिएको उक्त मैत्रीपूर्ण भलिबल खेलमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ३–२ को सेटमा विजयी भएको थियो ।
उक्त प्रतियोगितामा विजेता तथा उप(बिजेता टिमका खेलाडीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साका प्रहरी उपरीक्षक किसन कर्माचार्यले शिल्ड तथा मेडल प्रदान गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे।क्वा।पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक संगम श्रेष्ठले जानकारी दिए ।