वीरगञ्ज । लत्ताकपडा तथा हार्डवेयर लगायतका सामानसहितको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकस्थित सडकखण्डमा ना ६ ख ८३०५ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले राजस्व छली चोरी गरी बिलवीजकभन्दा बढी सामान सहितको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
ट्रकमा रहेको सामान लक्ष्मीक्ष्ल्भ् ख्ऋत्क् बिलमा उल्लिखितभन्दा बढी रहेको र शंकास्पद देखिएकाले ट्रकलाई नियन्त्रणमा लिएको हो । उक्त सामान १ करोड १३ लाख १८ हजार ८ सय ९० बराबरको र आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।