काठमाडौं । नेपाल पेमेन्ट सोलुसनले लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले प्रतिसेयर एक सय रूपैयाँ अंकित दरको तीन लाख पाँच हजार ६०० कित्ता साधारण सेयर निष्काशन गर्न लक्ष्मी सनराइजलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सो सम्बन्धी सम्झौतामा पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । पेमेन्ट सोलुसन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टिक क्लियरिङ र सेटलमेन्टका लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो ।