काठमाडौं । सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि डाकेका छन् ।

सभामुख घिमिरेले आज दिउँसो ४ बजेका लागि मूख्य सचेतक र सचेतकलाई बोलाएको उनको सचिवालयले जनाएको छ ।

सिंहदरवारस्थित कार्यकक्षमा बस्ने बैठक आगामी अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहने जनाइएको छ । सभामुख घिमिरेले सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन क्यालेन्डरअनुसार चलाउने तयारी गरेका छन् ।

संसद्को हिउँदे अधिवेशन सोमबारबाट सुरु हुँदैछ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर