काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन्।
चन्दले शनिबार राजीनामा दिएका हुन्। तर,प्रहरी केन्द्रीय प्रवक्ता भिमप्रसाद ढकालले भने अहिलेसम्म आफूलाई जानकारी आइनसकेको बताए। हिजो शनिबार भएकोले उनको राजीनामाबारे प्रहरी प्रधान कार्यालयले औपचारिक जानकारी नभएको बताएको हो। आज उनको राजीनामा स्वीकृत हुनेछ।
उनले व्यक्तिगत कारणले आफूले राजीनामा दिएको बताएका छन्। तर, उनले राजीनामा दिनुको कारण भने अन्य केही रहेको उनीनिकट प्रहरी अधिकारीहरू बताउँछन्।
गत वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखको जिम्मेवारी सम्हालेका चन्दले स्वेच्छिक अवकाश लिएका हुन्।
खासमा माघ १२ गते अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको झगडाको प्रतिवेदन आएदेखि नै चन्द रुष्ट थिए।
गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुख भएर काम गरेका चन्द गृह मन्त्रालयले प्रतिवेदन तयार पारेपछि रुष्ट भएका हुन्।
खासमा माघ १२ गते अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको झगडाको प्रतिवेदन आएदेखि नै चन्द रुष्ट थिए।
गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुख भएर काम गरेका चन्द गृह मन्त्रालयले प्रतिवेदन तयार पारेपछि रुष्ट भएका हुन्।
माघ १२ गते प्रहरीको जाँच गर्ने बिन्दुबाट यात्रु प्रतीक्षालयतिर जान खोज्ने अध्यागमन अधिकृतको खान तलासी गर्न खोज्दा विवाद बढेर कुटपिटसम्म पुगेको थियो। त्यहाँ खटिएका असई सञ्जय तामाङ निलम्बनमा परेका छन्। उक्त झडपको घटनालाई लिएर डीएसपीलाई सचेत गराउने र अरू दुई जवानलाई विभागीय कारबाही गर्ने लगायतको छानबिन समितिको सिफारिस थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई प्रहरीले जाँच गर्दा विवाद बढ्दै गएर कुटाकुटमा परिणत भएको थियो।
त्यसक्रममा मोक्तानले प्रहरीलाई लात्ती हानेका थिए। मोक्तानले लात्ती हानेपछि त्यहाँ तैनाथ प्रहरीहरू मोक्तानमाथि खनिएका थिए।
अध्यागमन अधिकृतमाथि तलासी लिने प्रहरीलाई पुरस्कार दिनुपर्ने चन्दको भनाइ थियो। यसमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पनि अडान लिन नसकेकोमा उनी झनै रुष्ट भएका हुन्। ती प्रहरी अधिकारीको भनाइमा, छानबिन समितिको प्रतिवेदनपछि उनीमाथि चौतर्फी दबाब परेको थियो।
चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् । राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।