काठमाडौं । कोशी प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो ४ जना मन्त्री र एक जना राज्यमन्त्री थपने तयारी गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निकट स्रोतका अनुसार काक्र्रीले आज नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट समान २ जना मन्त्री थप्ने भएका छन् । त्यस्तै १ जना राज्यमन्त्री पनि कांग्रेसले पाउनेछ ।
मुख्यमन्त्री कार्कीले आज नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री तथा माओवादीका नारायणबहादुर बुर्जा मगर र राजेन्द्र कार्कीलाई मन्त्री नियुक्त गर्दा कांग्रेसबाट इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी गरेका छन् ।
स्रोतका अनुसार सुनुवार– स्वास्थ्य मन्त्री, खत्री– कृषि, सहकारी, बुर्जा– खानेपानी सिँचाइ तथा ऊर्जा, कार्की– सामाजिक विकास र थापा–स्वास्थ्य, राज्यमन्त्री बन्ने भएकी छन् ।
हाल प्रदेश सरकारमा कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री छन् ।