काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका छन् । मन्त्री महतोले आज (शनिबार) शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होछार पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्–‘यो पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भन्ने कामनापनि गर्दछु ।’ उनले सरकार समतामूलक एवं सुसंस्कृत समाजको निर्माणको लागि अग्रसर रहेको सुनाए ।