काठमाडौं । माओवादी केन्द्रका नेता रेवतराज(गगन) पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। कोशी प्रदेश कमिटीका कोषाध्यक्ष रहेका उनलाई विशेष अदालतले आइतबार दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो।
विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेका हो। मुद्दा दायर भएको तीन वर्षपछि विशेषले फैसला सुनाएको हो। गगनका साथै उनकी श्रीमती केशावती पुरीले चार करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ। ६ फागुनमा उनीहरूलाई विशेषले सजाय सुनाउनेछ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुरीसमेत ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो।
झापामा सरकारी जग्गा हडपेर करोडौं कमाएको अभियोगमा प्रहरीले समेत उनलाई मुद्दा दायर गरिसकेको छ । पैसाकै बलमा उनले राजनीति गर्दै आएको चिनजानका व्यक्तिहरू बताउँछन् ।