काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी रुविना क्षेत्रीले शतक बनाएकी छन् ।
रुविनाले माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् । उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।
यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन ८२ रन थियो । नेपालले १८ ओभरमा १९१ रन बनाउन ४ विकेट गुमाएको छ । रुविना ५४ बलमा १० चौका र ३ छक्कासहित १०२ रनमा क्रिजमा छिन् ।