काठमाडौं । गृह मन्त्रालयले प्रहरी समायोजन समिति गठन गरेको छ । मन्त्रालयको प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको हो ।
मन्त्रालयकै नीति तथा योजना महाशाखाका सहसचिव सहसंयोजक, नेपाल प्रहरीका डिआइजी, मन्त्रालयका उपसचिव सदस्य तथा प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्यसचिव छन् ।
समायेजनको कामलाई अघि बढाउन समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।