जनकपुरधाम । मधेस प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ। आइतबार २ बजे बोलाइएको बैठक ४० मिनेट ढिलो गरेर सुरु भएसँगै जनमत पार्टीका सांसदहरुले मुख्यमन्त्री सरोजकुमार यादवले माफी माग्नुपर्ने भन्दै बैठक अवरुद्ध गरेका छन्।

जनमतका सांसद चन्दन सिंहले माघ ८ गते राजविराजस्थित कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा मुख्यमन्त्रीको उपस्थितिमा मन्त्रीमाथि संघातिक हमला भएको र प्रदेश सांसदहरुमाथि भएको आक्रमण आपति जनाउँदै बैठक अवरुद्ध गरेका बताए।

उनले मुख्यमन्त्रीले क्षमा नमागेसम्म प्रदेशसभा चल्न नदिने अडान लिएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरे।

जनमत पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रतिक्रिया!!

सम्बन्धित खबर