काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी ज्वाला र श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग गरे ।
सरकार आफैँले बनाएको अयोगले भौतिकमन्त्री ज्वाला दोषी भनेपछि किन निलम्बन नगरको भनदै प्रश्न गरे ।
‘प्रधानमन्त्रीले बर्खास्त गरेको भन्ने सूचना पाएनौँ । सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन,’ उनले भने ।
यस्तै, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका पूर्वसञ्चारमन्त्री तथा वर्तमान स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पनि अनुसन्धानमा सहयोग गर्न बर्खास्त गर्न माग गरे ।
यस्तै, रामग्राम क्षेत्रमा निजी क्षेत्रलाई दिने प्रपन्चमा लागेका पर्यटनमन्त्री सुदन किरातीलाई पनि राजीनामा गर्न माग गरेको छन् ।
‘राम ग्राम क्षेत्रमा घरबेटीको छोरालाई खुसी बनाउन ९९ रोपनी जग्गा दिने कोषका अध्यक्ष पर्यटनमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ,’ उनले भने ।