सिरहा । सिरहामा लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका– ११ सितापुरका २२ वर्षीय सुरेन्द्र कुमार महरा, मिर्चैया नगरपालिका–९ ढोरनाका २२ वर्षीय अरबिन्द्र मण्डल र सोही ठाउँका २३ वर्षीय (मोटरसाइकल चालक) अनिल मण्डल रहेका छ्न् ।

सिरहा नगरपालिका– १७ काली चोकस्थित इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा प्रदेश २–०१–००१ प ५९४६ नम्बरको मोटरसाइकल र मोटरसाइकलमा सवार रहेका तीन जनालाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलको बिचमा सवार रहेका जिल्ला सिरहा मिर्चैया नगरपालिका– ११ सियापुर बस्ने वर्ष २२ का सुरेन्द्र कुमार महराले आफ्नो अण्डरवियर भित्र लुकाई छिपाई राखेको प्लाष्टिकसहित ०.६३ ग्राम तौल भएको खैरो हिरोइन जस्तो देखिने लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलसहित मोटरसाइकल पछाडि सवार जिल्ला सिरहा मिर्चैया नगरपालिका– ९ ढोरना बस्ने वर्ष २२ का अरबिन्द्र मण्डल र मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २३ का अनिल मण्डललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर