काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। केशरजङ्ग बराल नियुक्त भएका छन् ।

बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको सचिवालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा ‘सर्टलिस्ट’ मा १४ जना परेका थिए। तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार सिफारिस गरिएको थियो।

प्रतिक्रिया!!

सम्बन्धित खबर