काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टर नौ मिनेटमै काठमाडौं फर्किएको छ ।
नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ः१४ बजे लुक्लाका लागि उडेको थियो । तर उक्त हेलिकोप्टर फर्किएर ८ः२३ मिनेटमै काठमाडौंमा ल्याण्ड गरेको छ । हेलिकोप्टरबाट काठमाडौंदेखि लुक्लासम्मको हेलिकोप्टर उडान करिब ४५ मिनेटको हुन्छ ।
शुक्रबार बिहान लुक्लाको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।