काठमाडौं । बिशेष अदालतले दायर भएको दुई महिना पनि नपुग्दै भ्रष्टाचार मुद्दाको फैसला सुनाएको छ । २५ हजार घुससहित पक्राउ परेकी चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर विजया लक्ष्मी पन्तको मुद्दामा बिशेषले शुक्रबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो ।

भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस लिदै गर्दा दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको थियो ।

२२ पुसमा मुद्दा दायर भएको थियो । उनलाई तीन महिना कैद र २५ हजार जरिवानाको फैसला भएको छ।

प्रतिक्रिया!!

सम्बन्धित खबर