काठमाडौं । एक लाख घुस लिने लेखा अधिकृतले सफाइ पाएका छन् । सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत विनोद पोखरेललाई विशेष अदालतले सफाई दिएको हो ।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइरहेको भेटेपछि आयोगले नियन्त्रणमा लिएको थियो ।
सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेल ०८० साल असार २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात घुससहित पक्राउ गरेको थियो ।
महिना दिनपछि आयोगले गत साउन ३२ मा एक लाख विगो जरिमाना सहित कैद सजायको माग राखी विशेष अदालतमा मुद्दा दायर गरेकोमा शुक्रबार विशेषबाट क्लिन चिट पाएका हुन् ।