काठमाडौं । नेकपा एकीकृत समाजवादीले आकस्मिक सचिवालय बैठक बोलाएको छ । सत्ता गठबन्धनमा उलटफेर आएपछि एकीकृत समाजवादीले सचिवालय बैठक डाकेको हो ।

पार्टी मुख्यालय आलोकनगरमा दिउँसो तीन बजे बैठक बस्नेछ । बैठकमा सत्ता समिकरणमा देखिएको फेरबदलबारे छलफल हुनेछ ।

नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्किएर नेकपा एमालेसहतको नयाँ समिकरण बनेको छ । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर