काठमाडौँ । सरकारले गृहमन्त्रालयको सचिवमा वरिष्ठ र अनुभवी सचिवको रूपमा रहेका एकनारायण अर्याललाई सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्याललाई गृहमन्त्रालयमा सरुवा गरेको हो ।
गृहमन्त्रालयमा सरुवा भएका अर्याल गृहका अनुभवी र निर्णय क्षमतामा अब्बल मानिन्छन् । अर्यालले यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको रूपमा रहेर पनि प्रभावकारी कार्य गरिसकेका छन् ।
सहसचिव हुँदा समेत धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा उनले सफलतापूर्वक कार्य गरेका थिए । यस अघि लामो समय गृह मन्त्रालयमा बिताएका उनले गृह मन्त्रालयमै रहँदा गृह मन्त्रालय सुधारको मार्गचित्र समेत बनाएका थिए । अर्यालको गृहमन्त्रालय आगमन सँगै गृह र प्रहरी प्रशासनमा व्यापक सुधारको अपेक्षा गरिएको छ । प्रशासनमा अब्बल मानिने अर्याल लाई मुख्य सचिवको ससक्त दाबेदारको रूपमा समेत लिने गरिएको छ।