काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा कार्यरत प्रशिक्षक नै खेलाडीसँग मोटो रकम लिएर खेलाडीलाई विदेश पलायन गराउन सक्रिय रहेको बताएका छन् ।

आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आयोजत प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले खेलकुद प्रशिक्षकले खेलाडीसँग २२ लाख रुपियाँसम्म लिएर विदेश पठाएको प्रमाण आफूले पाएको बताए । खेलकुदमा भएका बेतिथि हटाउन र स्वच्छ राख्न सबैको सहयोगको आवश्यक रहेको उनले बताए ।

उनले राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका खेलाडीको आवासका‌ लागि पुल्चोकस्थित हालको मन्त्री क्वार्टर प्रयोगमा ल्याउन छलफल सुरु भएको पनि जानकारी दिए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर