लहान । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी  प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) यज्ञ बिनोद पोखरेलको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सन्तोष कुमार आचार्यले हुण्डी कारोबारी विरुद्ध कठोर रुपमा प्रस्तुत भएका छ्न ।

नेपाल र भारत सिमा खुला रहेको हुदा हुण्डी कारोवारीहरु सक्रिय भएको सूचना पाउने बितिकै एसपी आचार्यले कडा निगरानी बढाएका छन् ।

एसपी आचार्यले ईलाका प्रहरी , प्रहरी चौकी र सिमा प्रहरी चौकीका प्रमुखहरुलाई हुण्डी कारोवारी विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न ।

त्यसै क्रममा ; १० लाख रकमसहित हुण्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले लहानबाटपक्राउ गरेको छ।

प्रहरीले हुण्डी कारोबारको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका -६ सितापुर बस्ने ३० बर्षिय मुकेश कुमार साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहा बाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको अधारमा चेक जाँच गर्दा साहको साथबाट श्रोत नखुलेको १० लाख नेपाली रुपैयाँ बराम गरेको छ ।

पक्राउ परेका उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको एसपी सन्तोष कुमार आचार्यले बताए।

प्रतिक्रिया!!

सम्बन्धित खबर