काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई तोकेका छन्।
अर्थमन्त्री वर्षमान पुन अनन्तको अनुपस्थितिमा दैनिक काम काजको जिम्मा परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठलाई तोकिएको हो।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमबार बिहान अमेरिका उडेका छन्। मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्किने कार्यक्रम छ।