विराटनगर । मोरङको बेलबारीमा एउटा पोथी हात्ती मृत अवस्थामा फेला परेको छ । बेलबारी नगरपालिका ३ करमडाँडामा रहेको रेखा र अनिता थापाको निजी वनभित्र अन्दाजी तीन/ चार वर्षको देखिने पोथी हात्ती मंगलबार विहान मृत फेला परेको हो ।
वडा अध्यक्ष योगेन्द्रप्रसाद सुबेदीका अनुसार उक्त्त हात्ती सोमबर राती उत्तर जंगलबाट राजमार्ग दक्षिण गाउँ छिरेको थियो। मृत अवस्थामा फेला परेको हात्तीको पेट फुलेको जस्तो देखिएको छ।
मृत हात्तीको मुचुल्का उठाएर शव परिक्षण गर्न वन कार्यालयबाट विज्ञहरुको टोली घटनास्थलतर्फ जान लागेको इलाका प्रहरी बेलवारीले जनाएको छ। मोरङ बेलवारीको पुर्वश्चिम राजमार्ग उत्तर दक्षिण क्षेत्रमा घना जंगल रहेको छ । यहाँ निरन्तर जंगली हात्तीहरु आएर बस्ने गर्दछन्।